neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउनलाई प्रभावकारी बनाउन स्काउट लिडरहरु सडकमा

लकडाउनलाई प्रभावकारी बनाउन स्काउट लिडरहरु सडकमा

Apr 27th, 2020

भक्तपुर, बैशाख १५

लकडाउन पालना गराउनको लागि नेपाल स्काउट भक्तपुरका स्काउटका लिडरहरु खटिएका छन् । भक्तपुर, सूर्यविनायक, मध्यपुर थिमिका तीन वटै नगरपालिकाका ठाउँंठाउँंमा उनीहरु परिचालित भएको नेपाल स्काउट भक्तपुर जिल्लाका जिल्ला आयुक्त रामगोपाल कर्माचार्यले जनाए । उनका अनुसार उनीहरु विहान र बेलुकी दुई समयमा खटिन्छन् । सम्वन्धित नगरपालिकाहरुसँंग समन्वय गरी स्काउट लिडरहरु लकडाउन परिपालना गराउन खटिने गरेका जिल्ला आयुक्त कर्माचार्यले जनाए ।

उनका अनुसार भक्तपुर नगरपालिकामा करिव ५० जना, सूर्यविनायक नगरपालिकामा करिव ४० जना र मध्यपुर थिमि नगरपालिकामा करिव २० जना स्थानीय स्काउट लिडरहरु परिचालित छन् । यसका साथै उनीहरु विभिन्न अन्य स्वयमसेवामा पनि परिचालित छन् । पछिल्लो समय उनीहरु भक्तपुरको जगातीमा खाना खुवाउने, लाइन मिलाउने, आआफनो गाउँठाउँंमा बसमा चढाई पठाउनलगायतका स्वयमसेवामा पनि उनीहरु सक्रियतापूर्वक खटिएका थिए ।

भक्तपुर नगरपालिकामा नगरपालिकाभरि, सूर्यविनायक नगरपालिकामा नगरपालिकाको केन्द्रको रुपमा रहेको सूर्यविनायक र पाण्डुबजार, मध्यपुर थिमि नगरपालिकामा थिमि बजार, गठाघरलगायतका मुख्यमुख्य चोक बजारहरुमा खटिएर उनीहरुले सेवा दिइरहेका छन् । विशेष गरेर विना काम सडकमा निस्केका नगरबासीहरुलाई सम्झाईबुझाई गरी विना काम बाहिर ननिस्कन उनीहरुले अनुरोध गर्ने गरेका छन् ।

भक्तपुरमा चार वटा नगरपालिकाहरु छन् । भक्तपुर, सूर्यविनायक, मध्यपुर थिमि र चाँंगुनारायण गरी यहाँं चार वटा नगरपालिकाहरु छन् । ती नगरपालिकाहरुका मुख्यमुख्य बजार, चोकहरुमा नगरपालिकाहरुले पनि स्वयमसेवकहरु परिचालन गरी लडकडाउनलाई पूर्ण रुपमा परिपालना गर्न आह्वान गरिरहेका छन् । माइकिंगसहित तिनीहरुले लकडाउन परिपालना गरी आफू पनि बचौ, अरुलाई पनि बचौं, कोरोना भाइरसको संक्रमणबा बचौ भनेर अनुरोध गरिआएका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi