काठमाडौ, बैशाख १५
ओपोले अप्रिल २०, २०२० मा ‘लाई ल्यू’लाई ग्लोबल मार्केटिंगका रुपमा नियुक्त गरिएको घोषणा गरेको छ । उनले चीनका सीएमओका रुपमा समेत रहँदै ओपोका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक टोनी चन्लाई डाइरेक्ट रिपोर्टिंग गर्नेछन् ।
साथै, ब्रायम शेनले उनको ब्यक्तिगत स्वास्थ्यका कारण आफ्नो पदभारबाट डाउन स्टेप गर्ने जानकारी पनि दिइएको आईडीसीका अनुुसार सन् २०१९ मा ओपोको शिपमेन्ट वैश्विकरुपमा ११४.३ मिलियन पुगेको छ । यसका साथै, ८.३ प्रतिशत बजार हिस्साका साथमा ओपो ग्लोबल स्मार्टफोन मार्केटमा पाँचौ स्थानमा रहन सफल रहेको छ । हाल ओपोको प्रमुुख लक्ष्यका ग्लोकलाईजेसन हो । ओपोका लागि वैश्विक बजारमा उपस्थिती उत्पादनको विक्रिका लागि मात्र नभइ संघठन÷एकिकरण तथा वैश्विक संसाधनको उपयोग गर्दै हरेक बजारमा आफ्नो प्रतिबद्धतालाई थप गहिराइ प्रदान गर्ने हो । वैश्विक बजारमा ओपोको बृहत्त विकास संगै अझ सटिक वैश्विक तैनातीका लागि नयाँ रणनीति अपनाउनुु आवश्यक छ । भविस्यमा ओपोले आफ्ना प्रमुुख बजारहरुमा ग्लोकलाइजेसन क्षमतामा विस्तार गर्दै आफ्ना उपभोक्तालाई अझ उत्कृष्ट सेवा तथा उत्पादन उपलब्ध गराउनुु रहने छ ।
सोही मितिदेखि ब्यक्तिगत स्वास्थ्य अवस्थाका कारण कम्पनीका ग्लोबल मार्केटिंगका निबर्तमान अध्यक्ष ब्रायन शिनले आफ्नो पदबाट स्टेप डाउन गरेको जानकारी पनि दिएकाछन । साथै, उनको साथ र सहयोगको कदर गर्दै चाँडै नै कम्पनीमा फर्कने आशा पनि ब्यक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।