neapl investment mega bank
  • गृहपृष्ठ
  • बिरामीको मृत्यु भएको भन्दै आफन्त द्वारा चितवनमा मेडिकल घेराउ

बिरामीको मृत्यु भएको भन्दै आफन्त द्वारा चितवनमा मेडिकल घेराउ

Apr 27th, 2020

काठमाडौ, बैशाख १५

पुर्बी चितवनको कालिका २, स्थित प्रकाश मेडिकलमा बिरामीको मृत्यु भएको भन्दै आफन्त हरुले मेडिकल घेराउ गरेकाछन । सोमबार बिहान पेट दुखेर मेडिकल पुगेकी २५ बर्षिय निरमाया थिङको सोही मेडिकलमा मृत्यु भएको निरमायाका श्रीमान भिम मोक्तानले बताए । मेडिकलमा उपचारमा लापरवाही भएको र उनको थप उपचारको लागि मेडिकलले भरतपुर पठाए पनि पुरानो मेडिकलमा पुग्दा श्रीमतीको मृत्यु भइसकेको मोक्तानले बताए । पर्सा जिल्लाको ठोरी ५,सुबर्णपुर घर भएका उनिहरु हाल कालिका १, लंका लाइनमा भाडामा बस्दै आएका थिए ।

मेडिकल संचालक प्रकाश रिजालले बिरामीको पेट दुखेकोले दुखाइ कम गराउने डिक्लोफेनिक र ग्यास्टिकको सुक्राफिल औसधी दिइ भरतपुर पठाइएको बताए । मेडिकल संचालक रिजाललाई सोधपुछका लागि ईलाका प्रहरी कार्यालय टाँँडी लगेको प्रहरीले जनाएको छ । अहिले मृतकको शब सरकारी अस्पतालमा पोस्टमाटमको लागि राखिएको प्रहरीले जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi