neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल एल पी ग्याँस उद्योग संघद्धारा कोरोना रोकथाम कोषमा १५ लाख सहयोग

नेपाल एल पी ग्याँस उद्योग संघद्धारा कोरोना रोकथाम कोषमा १५ लाख सहयोग

Apr 27th, 2020

काठमाडौ, बैशाख १५

नेपाल एल पी ग्याँस उद्योग संघद्धारा नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकम एक कार्यक्रमका बीच ग्याँस उद्योग संघ तर्फबाट अध्यक्ष गोकुल भण्डारीले बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरिएको हो ।

उक्त हस्तान्तरण कार्यक्रममा ग्याँस उद्योग संघका पुर्व अध्यक्ष तथा अन्य विभिन्न पदाधिकारीहरु समेत उपस्थित थियो । सो कार्यक्रममा मन्त्री भट्टले मुलुकमा रहिरहेको लकडाउनले आम सर्वसाधारणहरुको जीवनयापनमा आइपरेको संकटको यस घडीमा समेत ग्याँस उद्योग संघले खाना पकाउने एलपी ग्यास अभाव हुन नदिएको भन्दैे ग्याँस उद्योग संघका पदाधिकारी मार्फत ब्यवसायीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको संघबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।