neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाली सेनाद्वारा हिम पहिरोमा वेपत्ता भएका व्यक्तिहरुको खोज तथा उद्धार

नेपाली सेनाद्वारा हिम पहिरोमा वेपत्ता भएका व्यक्तिहरुको खोज तथा उद्धार

Apr 26th, 2020

काठमाडौ, बैशाख १४

नेपाली सेनाले हिम पहिरोमा वेपत्ता भएका व्यक्तिहरुको खोज तथा उद्धार गरेको छ । सेनाका अनुसार मिति २०७६ माघ ३ गते कास्की जिल्ला अन्नपूर्ण गाँउपालिका वडा नं.१ हिङकु केभ ईलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका ३ जना नेपाली गाईड तथा ४ जना कोरियन पर्यटकहरु मध्ये दुई (२) जना नेपाली गाईडको शव पहिल्यै फेला परिसकेको र थप दुई (२) जना कोरियनको शव श्री पश्चिम पृतना हे.क्वा.को समन्वयमा श्री विशेष फौज बाहिनी अन्तरगत पोखरामा रहेको श्री सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोलीले आज मिति २०७७ बैशाख १४ गते फेला पारि प्रहरीलाई जिम्मा लगाईएको र पोष्टमार्टमको लागि उक्त शव नेपाली सेनाको हेलिकप्टरद्बारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको छ ।

साथै खोजीमा खटिएको नेपाली सेनाको टोलीले हराईरहेका बांकी एक (१) नेपाली र दुई (२) जना कोरियनहरुको हिंउ भित्र पुरिएको सम्भावित स्थानमा खोजी कार्य जारी राखेको छ भने नेपाली सेनाको खोज तथा उद्धार टोली आज उक्त स्थानमा नै वस्ने योजना रहेको छ सेनाले जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi