neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही

Apr 26th, 2020

काठमाडौं, १४ वैशाख

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाहीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक शाहीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले आइतबार जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक शाहीलाई मोबाइल नम्बर ९८५१२(९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi