neapl investment mega bank
  • गृहपृष्ठ
  • महाकालीमा बगेकी महिलाको प्रहरीद्वारा जीवितै उद्धार

महाकालीमा बगेकी महिलाको प्रहरीद्वारा जीवितै उद्धार

Apr 26th, 2020

दार्चुला, १४ वैशाख

दार्चुलास्थित महाकाली नदीमा बगिरहेको अवस्थामा फेला परेकी ब्यास गाउँपालिका-१ छाङरु घर भएकी ३० वर्षीया सपना ऐतवाललाई आइतबार बिहान सकुशल उद्धार गरिएको छ ।

महाकाली नगरपालिका ४ तिंकरी खेडास्थित माइती घरमा बस्दै आएकी उनलाई उक्त स्थानमा खटिएको प्रहरी गस्ती टोलीले नदीमा बगिरहेको अवस्थामा फेला पारी सकुशल उद्धार गरेको हो । बेहोश अवस्थामा रहेकी उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल दार्चुला र्पुयाइएकोमा थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi