neapl investment mega bank
  • गृहपृष्ठ
  • पाकिस्तानद्वारा ‘एन्टी–शिप मिसाइल’ को सफल परीक्षण

पाकिस्तानद्वारा ‘एन्टी–शिप मिसाइल’ को सफल परीक्षण

Apr 26th, 2020

इस्लामावाद, १४ वैशाख (रासस/सिन्ह्वा)

पाकिस्तानले उत्तरी अरबी सामुद्रिक इलाकामा ‘एन्टी–शिप मिसाइल’को परीक्षण सफलतापूर्वक गरेको पाकिस्तानी सेनाले शनिबार एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ ।

पाकिस्तानी नौसेनाका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“युद्धपोत र लडाकू जहाजहरूले समूद्री सतहमा ‘एन्टी–शिप मिसाइल’हरूको परीक्षण गरिएको र तीनले सही निशाना हानेका छन् ।”

पाकिस्तानी नौसेनाका प्रमुख जफर महमूद अब्बासीले क्षेप्यास्त्रहरूको परीक्षणको अवलोकन गर्दै नौसेनाको परिचालन तयारीप्रति सन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

नौसेना कुनै पनि आक्रमणलाई राम्रो प्रतिक्रिया दिन पूर्णरूपले सक्षम छ । मिसाइलको सफल परीक्षण–प्रदर्शन पाकिस्तानी नौसेनाको प्रतिरक्षा तयारीको प्रमाण भएको अब्बासीले बताउनुभयो ।

पाकिस्तानले गत वर्षको डिसेम्बरमा पनि युद्धपोत र लडाकू जहाजहरूद्वारा समूद्री सतहमा ‘एन्टी–शिप मिसाइल’को परीक्षण गरेको थियो ।