neapl investment mega bank

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

Apr 25th, 2020

काठमाडौं, १३ वैशाख

बाँके, नेपालगंज उपमहानगरपालिका-२० राझा चोकमा भे.३ प ३९ नम्बरको मोटरसाइकल शनिबार अनियन्त्रित भई दुर्घटना हुँदा हुम्ला ताजाकोट घर भएका सुभास सार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सुभासको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषा, मिथिला बिहारी नगरपालिका-७ कवरगाहाँस्थित सडकमा ज.६ प ७७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार लक्ष्मीनियाँ गाउँपालिका-३ बनिगामा बस्ने ५५ वर्षीया सुनर देवी साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी साहलाई उपचारको लागि मेहीलाल अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालक गणेशमान चारनाथ नगरपालिका-१ छघरिया टोल बस्ने ३० वर्षीय हेम शंकर साह हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।

सुनसरी, बर्जु गाउँपालिका-६ बर्जुस्थित खेतमा सोही ठाउँ बस्ने हरि नारायण पंण्डितले चलाएको पावर टेलरले किच्दा सोही ठाउँ बस्ने ३२ वर्षीय उदित नारायण पंण्डितको मृत्यु भएको छ । शुक्रबार दिउँसो उक्त पावर टेलरलाई पछाडिबाट ठेल्ने क्रममा गम्भीर घाइते भएका पंण्डितको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । उक्त पावर टेलर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi