काठमाडौँ, १२ वैशाख
नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको अनुसार झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार थप एकमा कोरोना पोजेटिभ देखिएको हो। हालसम्म प्राप्त विवरणअनुसार निज आइसोलेसनमा हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमितको संस्था ४९ पुगेको छ भने निको भएर १० जना घर फर्किएका छन् ।