काठमाडौ, बैशाख १२
कोभिड १९ क्राईसिस म्यानेजमेन्ट सेन्टरको टोली प्रदेश नम्बर २ अन्र्तगतको आठ वटा जिल्लामा गएकाछन । नेपाल सरकारको कोभिड १९ विरुद्धको रणनीति अन्तरगत नेपालमा कोभिड १९ को हालको अवस्था र हुन सक्ने महामारीको आँकलन एवं मूल्याङ्कन गरी तदनुरुप भविष्यमा चाल्नु पर्ने कदमहरुको कार्यनीति तयार गर्न सहजीकरण गर्ने उद्देश्यमा केन्द्रित रही सेन्टरको योजना अनुरुप वृहत रुपमा स्वाब संकलन गरी परीक्षण गर्न टोली त्यसतर्फ भएको सेन्टरले जनाएको छ ।
सेन्टरका अनुसार प्रदेश नम्वर २ अन्र्तगतका ८ जिल्लाहरु बारा, पर्सा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, सिराहा र सप्तरी जिल्लाका २६ स्थानमा अनुमानित १५ सय २० जनाको स्वाब संकलन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका स्वास्थ्यकर्मीहरुको संयुक्त छ वटा टोली आज बैशाख १२ गते त्यस तर्फ प्रस्थान गरेको हो । उक्त टोलीले आज मिति २०७७ बैशाख १२ र ऐ. १३ गते दुई दिनमा उल्लेखित १५ सष् २० जनाको स्वाब संकलन गरी परीक्षणको लागि काठमाण्डौं लगायत बिभिन्न स्थानमा रहेका प्रयोगशालामा पुर्यानउने योजना रहेको छ ।
नेपाल सरकारको सोही रणनीति अन्तरगत रहेर ऋऋःऋ इउक को योजना अनुसार वृहत स्वाब संकलन तथा परीक्षण गर्न श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको संयुक्त टोलिले उदयपुर जिल्लाको बिभिन्न स्थानहरुमा गत २०७७ बैशाख ७ गते एक सय ५२ र ऐ. ८ गते एक सय गरी जम्मा दुुई सय ५२ वटा स्वाब संकलन गरी काठमाण्डौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको लागि बुझाउनुका साथै भविष्यमा उदयपुर जिल्लामा थप स्वाब संकलन गर्ने योजना समेत रहेको सेन्टरले जनाएको छ ।
यस प्रकारका वृहत स्वाब संकलन र परीक्षणलाई निकट भविष्यमा अन्य प्रदेशहरुमा समेत निरन्तरता दिई कोभिड-१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउने र यस कार्यका लागि प्रदेश स्थित ऋऋःऋ संग समन्वय गरी कार्य अगाडि बढाउने योजना रहेको समेत सेन्टरले जनाएको छ ।