neapl investment mega bank
  • गृहपृष्ठ
  • एनसेलमा अब सेवा प्रयोग पछि शुल्क तिर्न मिल्ने

एनसेलमा अब सेवा प्रयोग पछि शुल्क तिर्न मिल्ने

Apr 23rd, 2020

काठमाडौ, बैशाख ११

एनसेलका प्रिपेड ग्राहकले अब भ्वाइस, डेटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क पाँच रुपैयाँ पछि तिर्न सक्ने योजना सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकले मात्र पाँच रुपैयाँ मा २५० एमबी डेटा, २५ मिनेट अन नेट भ्वाइस कल र २५ वटा अन नेट एसएमएस सहितको बण्डल सेवा सुचारु गर्न पाउनेछन् ।

शुन्य मेन ब्यालेन्स भएका वा ब्यालेन्स पाँच रुपैयाँ भन्दा कम भएका ग्राहकले पछि शुल्क तिर्ने गरी यो प्याक सुचारु गरेर आफ्ना आफन्तसँग सम्पर्कमा रहिरहन सक्छन् । योजना अन्तर्गतको प्राप्त डेटा, भ्वाइस तथा एसएमएस ग्राहकले हरेक दिन राति ९ बजे देखि अर्को दिनको विहान ९ बजेसम्म प्रयोग गर्न सक्छन् र प्राप्त सेवाहरु ७ दिनको लागि मान्य रहनेछ ।

विगत दुई महिना देखि एनसेलको सिम प्रयोग गरिरहेका, मेन ब्यालेन्स पाँच रुपैयाँ भन्दा कम भएका र एक महिना देखि मोबाइलमा कुनै पनि सेवा प्रयोग नगरेका प्रिपेड ग्राहकले मात्र यो योजना अन्तर्गतको प्याक सुचारु गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स ९९८८ एस्ट्रिक्स ५५ ह्यास वा एस्ट्रिक्स ९९८८ ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन् । ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरे पछि प्याकको तोकिएको शुल्क श्वतः काटिने छ । यस बाहेक अन्य शुल्क लाग्ने छैन ।

कम्पनीका अनुसार यसका साथै एनसेलले स्टे होम डेटा प्याकको समयावधि ७ दिनबाट बढाई १० दिन पुर्याएको छ । ग्राहकले १५ जिबीको स्टे होम डेटा प्याक २३० रुपैयाँ (कर सहित रु २९३.६९) मा सुचारु गर्न सक्नेछन् ।