काठमाडौ, बैशाख ११
पञ्चकन्या समुहमा कार्यरत कर्मचारीले रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवामा रहेको उद्योगमा कार्यरत मजदुर तथा वडाका बिपन्न समुदायलाई राहत वितरण गरेको छ । कोरोना भाईरसका कारण सरकारले जारी गरेको लकडाउनमा मजदुरलाई दैनिक जीवनयापनमा समस्या परेको भन्दै एक सय २० मजदुरहरुलाई राहत प्रदान गरेको हो ।
उद्योगमा कार्यरत ६० जना मजदुर र उद्योग रहेको तिलोत्तमा नगरपालिका बडा नम्बर १५ का ६० जना बिपन्न परिवारलाई राहत प्रदान गरिएको समुहका महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए । टोलबिकास सस्था र वडा कार्यालयको सिफारिसमा वडाका बिपन्न परिवारलाई राहत प्रदान गरिएको हो । पञ्चकन्या समूहमा कार्यरत कर्मचारीहरुले प्रतिव्यक्ति १० केजि चामल, पाँच केजि आटा, पाँच केजी आलु दुुई केजि चिउरा, दुुई केजि दाल, १/१ प्याज, नुन, तेल, सावुनलगाएतका सामाग्री प्रदान गरिएको हो । पञ्चकन्याका महाप्रबन्धक साहु, वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङ, वडा सदस्यहरु, टोल बिकास सस्थाका प्रतिनिधिहरु लगायतको सहभागितामा राहत बितरण गरिएको हो । राहत वितरण कार्यक्रममा सामाजिक दुरी कायम गरी गरिएको थियो । लकडाउनमा परेर खान नपाएका बिपन्न परिवारलाई अन्य दिनहरुमा पनि राहत प्रदान गरिने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कर्मचारीहरुले केहि दिन अगाडि उद्योगमा कार्यरत कर्मचारीले चैत्र महिनाको आफ्नो पारिश्रमीकबाट केहि दिनको रकमकट्टा गरेर तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग समेत गरेका छन् । बिश्वमै माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बाट समस्यामा परेका मजदुर तथाबिपन्न परिवारलाई राहत प्रदान गर्न सहयोग पु¥याउने उद्धेश्यले पाँच लाख रुपैया सहयोग गरेका हुन् ।