काठमाडौ, बैशाख ११
विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस (कोभिड १९) प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेकाछन । सोही अन्र्तगत घोराहि चेम्बर अफ कमर्स दाङले प्रत्येक मजदूरलाई २५ किलो चामल, तेल, नुन, दुई प्याकेट स्वाबिन वितरण गरेको छ ।
घोराहि चेम्बर अफकमर्स दाङका अध्यक्ष मन्जु बज्रचार्यले ८० घर परिवारलाई राहत सामाग्री वितरण गरेको जानकारी दिए । घोराहि चेम्बर अफकमर्स दाङले छिटै अरु राहतको सामाग्रीहरु पनि वितरण गर्ने भएको छ ।