neapl investment mega bank
  • गृहपृष्ठ
  • सनसिटी अपार्टमेन्टका दुई कोरोना संक्रमित पनि डिस्चार्ज

सनसिटी अपार्टमेन्टका दुई कोरोना संक्रमित पनि डिस्चार्ज

Apr 23rd, 2020

काठमाडौँ, ११ वैशाख

सन सिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले आज दिउँसो उनीहरू डिस्चार्ज भएको जानकारी दिए ।

वैशाख १ गते र्‍यापिड टेस्ट गर्दा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएपछि त्यही दिन उनीहरूलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो । १० दिनको उपचारपछि उनीहरू निको भएर घर फर्केका छन् ।

उनीहरू निको भएपछि अब काठमाडौं उपत्यकामा कुनै पनि कोरोना संक्रमित छैनन् ।
हालसम्म कोराना भाइरसबाट निको हुनेको सङ्ख्या नौ पुगेको छ । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार उपचाररत कोरोना सङ्क्रमित व्यक्ति सबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ ।