काठमाडौं, बैशाख १०
उद्योगी व्यवसायीहरुले लकडाउनको यो अवधिमा पनि घरेलु कम्पाउण्डभित्र चल्ने साना उद्योगहरु सञ्चालन हुनुपर्नेमा विशेष जोड दिएका छन् । लकडाउन भनेर चुप लागेर वस्नु देशकै लागि प्रत्युत्पादन हुनसक्ने भन्दै उनीहरुले सरकारको ध्यान त्यसतर्फ आकर्षित गराए ।
युवा व्यवसायी समाज नेपालका केन्द्रिय अध्यक्ष विश्वराम कवाँंले लकडाउनको नाममा सवै कामकुरा ठप्पै पारेर मात्रै बस्नु बुद्धिमानी हुन नसक्नेतर्फ ध्यान आकर्षित गराए । ‘लकडाउन मात्रै सवै समस्याको समाधान हुन नसक्ला, समाजका अध्यक्ष कवाँंले थपे, ‘यो वेला पनि खानलाउन त पर्यो, त्यसको लागि आम्दानीको श्रोत त चाहियो नै । यसैको लागि कि त सरकारले राम्रो वन्दोवस्त गरिदिनु परयो नभए काम गर्ने वातावरण बनाइदिनुपरयो ।’
सरकारमा वस्नेहरु दुरदर्शी नभएको भन्दै उनले लकडाउनपछिको उद्योग व्यवसाय फस्टाउन के गर्ने हो स्पष्ट नीति आवश्यक रहेको खाँंचो औंल्याए । लकडाउनको यो वीचमा भएको सवै कार्यहरु वन्द हुँंदा त्यसलाई पूर्ति गर्नसक्ने नयाँं नीति आवश्यक भएकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।
लकडाउनको यो अवधिमा सामान्य खेतमा जाने किसानलाई पनि रोक लगाइएको अवस्था भन्दै किसानहरु खेतको बारीमा भएको तरकारी पनि लिन जाने अवस्था नभएको बताए । यही कारण खेतमा फलेको तरकारी पनि खेतमै कुहाउन दिनुपर्ने अवस्था सृजना भएको उनको भनाई छ । यसले भोलिका दिनमा भोकमरीको सृजना हुन सक्दैन भन्न नसकिने उनको धारणा छ ।
लकडाउनको योवीचमा विशेष गरी सामान्य नागरिक बिचल्लीमा छन् । सामान्य नागरिकलाई सरकारले राहत वितरण गरिरहे पनि धेरै नागरिक खान नपाएरै सुरक्षा संयन्त्रबाट भागीभागी आफनो जन्मथलो गाउँंठाउँं जानुपर्ने अवस्था छ । आफूसँंग भएको खर्च सकिसक्दा पनि राहत नपाउनुलगायतका कारण उनीहरु सहरबाट भागेर गाउँं जान विवश छन् ।
एकजना मजदुर सूर्यबहादुर सार्की आफू जस्ता धेरै मजदुरहरु चाहेर खुशीले गाउँ नगएको सुनाए । ‘यो हाम्रो रहर होइन, बाध्यता हो, उनले भने, ‘रहरले मलाई लाग्छ कोही पनि गाउँं गएका छैनन् ।’