काठमाडौं ,९ वैशाख
नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४० पुगेको छ ।
उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो ।
यी आठै जना मुस्लिम समुदायका हुन्। सो बस्तीबाट पछि २ सय ५२ जनाको स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको छ। यो सँगै उदयपुरमामात्रै कोरोनासंक्रमितको संख्या २२ जना पुगेको छ ।