neapl investment mega bank
  • गृहपृष्ठ
  • ट्रक दुर्घटना हुँदा एकको मृत्यु , ६ घाइते

ट्रक दुर्घटना हुँदा एकको मृत्यु , ६ घाइते

Apr 20th, 2020

धादिङ, ८ वैशाख

बेनिघाट रोराङ गाउँपालिका-४ आरन भञ्ज्याङस्थित सडकमा बा.१ क ८७३६ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा ट्रकमा सवार ज्वालामुखी गाउँपालिका-१ जोगीटार बस्ने २४ वर्षीया सरु बस्यालको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका ६ जनामध्ये बेनिघाट रोराङ गाउँपालिका-४ बस्ने १३ वर्षीया रितु बस्याल लगायत ३ जनालाई राजमार्ग अस्पताल मलेखु हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ भने अन्य ३ जनाको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ ।
फरार ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi