neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउन उल्लंघन गरी नवाज पढिरहेको अवस्थामा १४ पक्राउ

लकडाउन उल्लंघन गरी नवाज पढिरहेको अवस्थामा १४ पक्राउ

Apr 20th, 2020

कपिलवस्तु, ८ वैशाख

मायाँदेबी गाउँपालिका-७ धुपहीस्थित मस्जिदबाट लकडाउन उल्लंघन गरी नवाज पढिरहेको अवस्थामा मायाँदेबी गाउँपालिका-७ धुपही बस्ने ६४ वर्षीय महोम्मद अलि मुसलमान लगायत १४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त मस्जिदमा मानिसहरुले लकडाउनको उल्लंघन गरी नवाज पढिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi