neapl investment mega bank

भरुवा बन्दुक र सालको काठ सहित पक्राउ

Apr 20th, 2020

काठमाडौं, ८ वैशाख

कैलाली, मोहन्याल गाउँपालिका-३ फल्लेबिसौनाबाट दुई नाले भरुवा बन्दुक १ थान र करिब ३१ क्युफुट सालको काठ सहित सोही ठाउँ बस्ने ४५ वर्षीया धनसरा गिरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक र सालको काठ फेला पारी उनलाई पक्राउ गरको हो । साथै धनसराको श्रीमान चन्चल भन्ने रचन्द्र राज गिरी फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ ।

पर्सा, वीरगंज महानगरपालिका-१० सिर्सिया बाईपास रोडस्थित जगदिश एण्ड व्रदर्श स-मिल तथा फर्निचर उद्योगबाट अवैध रुपमा लुकाइछिपाई राखेको अन्दाजी १३ क्यु फिटको सतिसालको काठ १ सय २६ पिस सहित उक्त सहमिलका संचालक घडिअर्वा बस्ने ३५ वर्षीया हिरामन शर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi