neapl investment mega bank
  • गृहपृष्ठ
  • विपन्न वर्गलाई सबैले सहयोग गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

विपन्न वर्गलाई सबैले सहयोग गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

Apr 20th, 2020

पोखरा, ८ वैशाख (रासस)

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा महानगरपालिका र पौरखी स्वयंसेवी समूहको सहकार्यमा मजदूर तथा विपन्न वर्गलाई पु¥याउँदै आएको खाना वितरण कार्यको आइतबार अनुगमन गर्नुभएको छ । पोखरा महानगरपालिका–७ स्थित बैक्युट पार्टी प्यालेसमा खाना तयार गरी वितरण गर्दै आएको समूहको पदाधिकारीलाई भेटी उहाँले भइरहेको सेवा प्रवाहबारे जानकारी दिनुभयो ।

समूहका पदाधिकारीहरुसँग कुरा गर्दै मुख्यमन्त्री गुरुङले महामारीबाट बच्नु र बचाउनु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै विपन्न तथा असहायलाई सबैले आ–आप्mनोतर्पmबाट सक्दो सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सो स्थानमा अनुगमनका लागि पुग्नुभएको मुख्यमन्त्री गुरुङलाई समूहका सदस्य जनक पराजुलीले दैनिक ज्यालादारी एवम् विपन्न परिवारलाई लक्षित गरी शुरु गरिएको भान्छाघरबाट तयार गरिएको खानाको प्याकेट निःशुल्क रुपमा सम्बन्धी स्थानमा पु¥याउँदै आएको जानकारी दिनुभयो । वडाका स्थानीय तहका जनप्रतिनिधिको समन्वय गरी दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने मजदूरको परिचालन गरी खाना वितरण गरिएको बताउँदै उहाँले पहिलो दिन शनिबार १९७ जनाको पेट भर्ने काम भएको छ भने आज दोस्रो दिन ८०० जना पुगेको बताउनुभयो ।

समूहमा आबद्ध १६ जनाबाट व्यक्तिगत सात हजारका दरले उठाएर खाली पेट भर्ने काम गरेको अभियानमा विभिन्न व्यक्तिहरुबाट स्वस्फूर्त खाद्यान्न प्राप्त हुँदै गएको अर्का सदस्य विश्वप्रकाश लामिछानेले जानकारी दिनुभयो । भात, दाल, तरकारी र चटनीसहितको खाना सेट रहेको बताउँदै उहाँले अहिलेसम्म पोखराका चाउथे, रामघाट, चिप्लेढुङा, पृथ्वीचोकलगायत स्थानमा खाना सेट पु¥याउँदै आएको बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi