neapl investment mega bank
  • गृहपृष्ठ
  • सामाजिक सञ्जाल र मिडियामा आएका विषयमा डा पुनको ध्यानाकर्षण

सामाजिक सञ्जाल र मिडियामा आएका विषयमा डा पुनको ध्यानाकर्षण

Apr 20th, 2020

काठमाडौँ, ८ वैशाख (रासस)

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा शेरबहादुर पुनले आफूसँग जोडिएर सार्वजनिक सञ्जालमा प्रकाशित/प्रसारित समाचारमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । डा पुनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई अस्पतालको काममा बाधा नपुग्ने गरी कोभिड–१९ को मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पु¥याउनका लागि मन्त्रालयमा उपस्थित हुन पत्र प्राप्त भएको जानकारी दिनुभएको छ ।

सो विषयमा आइतबार नै मन्त्रालयमा उपस्थित भई सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरिसकेको विज्ञप्तिमा उल्लेख छ । “यसलाई मैले वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिएर आफ्नो नियमित काममा क्रियाशील रहिरहेको छु”, विज्ञप्तिमा भनिएको छ । उहाँले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र मन्त्रालयसँग जोडेर अनर्गल प्रचार नगर्न र विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मारबाट मुलुकलाई बचाउन एकताबद्ध हुन पनि सबैलाई अनुरोध गर्नुभएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi