neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउन उल्लघंन गर्ने १८ सय ४१ जना नियन्त्रणमा

लकडाउन उल्लघंन गर्ने १८ सय ४१ जना नियन्त्रणमा

Apr 19th, 2020

काठमाण्डौ, बैशाख ७

काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ७३ महिला सहित १८ सय ४१ जनालाई नियन्त्रणमा लिएको छ । शनिवार विहान ६ बजे देखि बेलुका पाँच बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी २ सय ४४ वटा दुई पाङ्ग्रे र १६ वटा चारपाङग्रे गरी २ सय ६० वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौबाट सबैभन्दा बढि १४ सय १४ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट ३ सय ९७ र भक्तपुरबाट ३० जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्य बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा १८ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi