neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउन पीडित सर्वसाधारण वटुवालाई निःशुल्क खाना

लकडाउन पीडित सर्वसाधारण वटुवालाई निःशुल्क खाना

Apr 18th, 2020

भक्तपुर, बैशाख ६

सिपाडोल क्षेत्र परोपकार समाज सूर्यविनायक नगरपालिका ८ सिपाडोल भक्तपुरले शनिबारदेखि अरनिको राजमार्ग अन्र्तगत भक्तपुरको जगाती क्षेत्रमा मेस राखेर सर्वसाधारण वटुवालाई निःशुल्क खाना खुवाउन सुरु गरेको छ । महानगरीय प्रहरी बृत जगातीका सवारी चेकजाँंच क्षेत्रमा अस्थायी टेण्ट बनाई दाल, भात, तरकारी र अचारसहितको साधारण खाना खुवाउन सुरु गरेको हो । पहिलो पटक शनिबार विहान एक सय भन्दा वढी सर्वसाधारणले निःशुल्क खाना सुविधा पाएको जनाइएको छ ।

समाजका संरक्षक बालकृष्ण सापकोटाले राजमार्ग खण्ड भएर हिडेर आएका लकडाउन पीडित सर्वसाधारणको सुविधाको लागि निःशुल्क खाना खुवाउन सुरु गरेको जनाए । उनका अनुसार असार १० गतेसम्म निरन्तर खाना खुवाउने योजना छ । विहान र बेलुकी दैनिक दुई छाक खाना खुवाउने योजना रहेको उनले सुनाए । राजमार्गबाट हिडेर आउने लकडाउन पीडित सर्वसाधारणलाई केन्द्र बनाएर खाना खुवाउन थालेको उनले बताए ।

समाजले प्रत्येक वर्ष देउसीभैलो खेलेर जम्मा पारेको पैसाको कोषबाट खाना खुवाउन थालेको उनले जनाए । अहिलेसम्म यो कार्यको लागि कसैसँंग सहयोगको आह्वान नगरेको भए पनि सहयोग गर्नेहरुले स्वतस्फुर्ट सहयोग गरिरहेको उनले जनाए । उनका अनुसार हालसम्म कसैले जारको पानी, कसैले एक लिटरको खानेपानी त कसैले तरकारी दिएर सहयोग गरेका छन् ।

खाना खुवाउने ठाउँं राजमार्गमै रहेको छ । त्यहाँं बोर्ड पनि राखिएको छ । साथै अस्थायी रुपमा हात धुन ट्यांकी पनि राखिएको छ । साथसाथै त्यहाँं अस्थायी टेण्ड पनि बनाइएको छ । त्यहाँं खाना खाने मानिस भने प्रत्येक पटक फरकफरक हुनेछन् । किनकि त्यो राजमार्ग भएर हिडेर आउने सर्वसाधारणलाई केन्द्र बनाएर राखिएको छ । खाना राजमार्ग छेउमै टेण्ट बनाएर पकाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi