काठमाडौँ, ५ वैशाख
नेपालमा एकैदिन १४ जनमा कोरोना भाइरस पोजेटिभ देखिएको छ। उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना पोजेटिभ भेटिएको हो भने चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उदयपुरमा भेटिएका १२ जना पुरुष छन् भने चितवनमा भेटिएका २ जना मध्ये १ जना ६३ वर्षीय महिला र २७ वर्षीय पुरूष रहेका छ्न् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। एकजना उपचारपछि निको भएर घर फर्किइसकेका छन्।