neapl investment mega bank
  • गृहपृष्ठ
  • चैतन्य जागृति महिला समूहले ललितपुरको हरिसिद्धिका ४० परिवार श्रमिकलाई राहत वितरण

चैतन्य जागृति महिला समूहले ललितपुरको हरिसिद्धिका ४० परिवार श्रमिकलाई राहत वितरण

Apr 17th, 2020

ललितपुर, बैशाख ५

चैतन्य जागृति महिला समूहले ललितपुरको हरिसिद्धिका ४० परिवार श्रमिकलाई राहत वितरण गरेको छ । समुहले आर्थिक अवस्था कमजोर रहेका श्रमिक र मजदुर परिवारलाई महिला समूहले राहत वितरण गरेको हो ।

चैतन्य जागृति महिला समूहकी सदस्य एवम् सामाजिक अभियन्ता रेशमा बानुको नेतृत्वमा हरिसिद्धिका ४० घरका एक सदस्यभन्दा धेरै परिवार सदस्यलाई राहत वितरण गरिएको हो । सामाजिक अभियन्ता एवम् चैतन्य जागृति महिला समूहकी सदस्य रेशमा बानुले आर्थिक अवस्था कमजोर रहेका परिवारबाट आफूलाई राहत नपाएको गुनासो आएपछि राहत वितरण गरेको बताइन् । ‘केही परिवारले राहत पाएको र केही परिवारले नपाएको जानकारी आयो, त्यसपछि महिला दिदीबहिनीहरूसँग सल्लाह गरेर राहत वितरण गरिएको हो,’ बानुले भनिन्, ‘भोकै बस्नुपर्ने अवस्था आउनु भएन भनेर नै हामीले राहत वितरणको पहल गरेका हौं ।

सरकारको तर्फबाट कम्तिमा लकडाउनको अवधिभर पुग्ने राहत सामग्री वितरण गर्नु पहल हुनुपर्नेमा सामाजिक अभियन्ता बानुको जोड छ । ‘सरकारले, राज्यले चाहेमागर्न नसक्ने कार्य केही हुँदैन, सरकारले अगुवाइ गर्ने तथा सामाजिक र आर्थिकले सरकारलाई सहयोग गर्ने हो भने कुनै पनि नेपालीले भोको हुनुपर्दैन,’बानुले भनिन् । ४ जनाभन्दा बढी सदस्य रहेको परिवारलाई २५ किलोको एक बोरा चामल, दुई किलो दाल, एक किलो चना, एक लिटर तेल, दुई किलो चिउरा वितरण गरिएको समूहकी सदस्य पुनम थपलियाले जानकारी दिइन् ।

ललितपुरको हरिसिद्धि श्रमिक र मजदुरहरू धेरै भएको इलाका हो । ललितपुर वडा नम्बर २८ ले राहत स्वरूप पाँच किलोग्राम चामल तथा अन्य केही सामग्री वितरण गरेको थियो । तर, श्रमिकहरूले सरकारी राहत अपर्याप्त रहेको गुनासो आएको र यसलाई सम्बोधन गर्न मानव अधिकारकर्मी तुलसीदास थापाले माग गरेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi