neapl investment mega bank
  • गृहपृष्ठ
  • स्वास्थ्यकर्मीको सम्मान र हौसला बूलन्द राख्नु पर्छ: राप्रपा अध्यक्ष राणा

स्वास्थ्यकर्मीको सम्मान र हौसला बूलन्द राख्नु पर्छ: राप्रपा अध्यक्ष राणा

Apr 17th, 2020

काठमाडौ, बैशाख ५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोभिड–१९ विरुद्धको संघर्षमा ठूलो जोखिम मोलेर रातदिन खट्ने स्वास्थ्यकर्मीको सम्मान र हौसला बूलन्द राख्नु पर्ने बताएका छन् । स्वास्थ्यकर्मीमाथि प्रहरीबाट कुटपिट भएको घटनामा चिन्ता व्यक्त गर्दै राणाले उक्त कुरा बताएका हुुन । यस्ता कमी कमजोरी अब दोहोरिन हुुदैन, उनले भने ।

‘स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गरेको अप्रिय खबर सुनियो । यस्ता घटना दोहोरिन नदिन सुधारको अपेक्षा राखौं । दिनरात जुध्ने स्वास्थ्यकर्मीको सम्मान गरौं, हौसला बूलन्द राखौं,’ अध्यक्ष राणाले शुक्रबार भने । महामारीको संवेदनशील समयमा प्रहरी प्रशासनको भूमिका महत्वपूर्ण हुने भन्दै कहीँ कतै समस्या भए तिनको निराकरण गरिनु पर्ने उनले बताए ।

‘महामारीमा अहोरात्र खट्ने प्रहरीको धैर्यता कसरी कायम राख्ने, मनन् गरौं । केही अभाव, कारण छन् भने सम्बोधन गरौं,’ राणाले भने । राहत वितरणको क्रममा जनस्तरबाट व्यक्त गुनासोप्रति टीप्पणी गर्दै उनले सबै जनतालाई समान व्यवहार गर्नु पर्ने बताए । संक्रमणको जोखिम ध्यानमा लिएर, राहत बाँड्ने बेला सम्पूर्ण स्वास्थ्य प्रोटोकल पालना गर्न स्थानीय तहको राणाले ध्यानाकर्षण गराए ।

‘राहत वितरणमा ठाउँ–ठाउँ झडप र असन्तुष्टी देखिएको छ । यो आफ्नो विरानो गर्ने, भोटको सौदाबाजी गर्ने बेला होइन,’ ट्वीट गर्दै अध्यक्ष राणाले भने । ‘गुणस्तरहीन सामाग्री मात्र होइन, राहतको मात्रा पनि अपर्याप्त ठानिएको छ । सबै ठाउँ सामाजिक दूरी कायम भएको छैन । पूर्ण सावधानी अपनाउनु वेश ताकि राहत वितरण संक्रमणको माध्यम नबनोस्, अध्यक्ष राणाले भने ।

aadharbhumi
aadharbhumi
aadharbhumi