काठमाण्डौ, बैशाख ४
काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७ सय १९ महिला सहित २७ सय ८ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ६ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी चार सय २० वटा दुई पाङ्ग्रे र ४९ वटा चारपाङग्रे गरी चार सय ६९ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौबाट सबैभन्दा बढि दुुई हजार दुुई सय नौ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट चार सय ४४ र भक्तपुरबाट ५५ जनालाई नियन्त्रणमा लिएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्य बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा १०० जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।