neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउनमा किसानलाई प्रोत्साहन आवश्यक छ : मुख्यमन्त्री पौडेल

लकडाउनमा किसानलाई प्रोत्साहन आवश्यक छ : मुख्यमन्त्री पौडेल

Apr 15th, 2020

हेटौँडा, ३ वैशाख (रासस)

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनको अवधिमा किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभएको छ । भिडियो कन्फरेन्समार्फत प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले कोरोनाविरुद्ध सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै उत्पादनमा लाग्नुपर्ने बताउनुभयो ।

पालिकामा भएको बजेट खर्च गर्नुपर्ने उहाँको तर्क थियो । “स्थानीय सरकारसँग भएको पैसा सरकारकै पैसा हो, त्यो खर्च गर्नुपर्छ, अहिले आवश्यकता जे हो त्यसमा खर्च गर्ने हो बाँकी काम बिस्तारै गर्दै जाने हो”, उहाँले भन्नुभयो । राहत वितरणको काम बल्ल शुरु गर्ने बेला भएको उहाँको तर्क थियो । उहाँले लकडाउनको अवधि लम्बिने अवस्था आए त्यसको सामना गर्न पूर्वतयारी आवश्यक भएको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले आज चितवनको भरतपुर महानगरपालिकाका प्रमुख र माडी नगरपालिका प्रमुख, सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, रसुवाको गोसाइँकुण्ड गाउँपालिका तथा सिन्धुपाल्चाकको बारबिसे नगरपालिकाका प्रमुखहरुसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गर्नुभएको हो ।