neapl investment mega bank
  • गृहपृष्ठ
  • पासको दुरुपयोग गर्नेमाथि ट्राफिक प्रहरीको कडाई

पासको दुरुपयोग गर्नेमाथि ट्राफिक प्रहरीको कडाई

Apr 15th, 2020

काठमाडौ, चैत ३

कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि लागू भएको लकडाउनको अवधिमा पास लिएर गुड्ने सवारी साधनहरुले पासको दुरुपयोग पनि गरेको पाइएको छ । लकडाउन अबधिमा पास लिएर समेत धेरै संख्यामा सवारी साधन गुड्ने गरेकाले ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई कडाई गर्न लागेको हो ।

सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समायवधिका लागि भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएकोले त्यस्ता सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच र कारबाही गर्ने महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताए । उनले अत्याबश्यक काम बाहेक अन्य समयमा समेत घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक बाहिरि अबस्था हेर्न, पास छ भनेर शान देखाउदै हिड्न समेत त्यस्ता सवारी साधनहरु गुडेको भेटिएका छन, अब त्यस्ता सवारी साधनलाई ट्राफिक प्रहरीले निग्रानी बढाउनुको साथै दुरुपयोग गरेको पाइए कारबाही गरिने समेत बताए ।

हालसम्म लकडाउन उल्लंघन गर्ने आठ हजार नौ सय ७४ सवारी साधन होल्ड तथा १८ सय ४६ वटा पासको दुरुपयोग गरि गुडेका सवारी साधनको पासलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएकोछ । त्यसै गरी लकडाउनको समयमा २१ जना मादक पदार्थ सेवन गरि सवारी चलाउने चालकलाई समेत कारबाही गरिएको महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । उनले भने, अनावश्यक हिड्डुल गर्न र पासको दुरुपयोगसमेत रोक्नका लागी सिभील प्रहरी खटाउनुको साथै सिसिटिभीबाट समेत निग्रानी गरिनेछ । लकडाउनको अबधिमा मापसे गरि सवारी चलाउने, तिब्रगतिमा गुड्ने लगायत अन्य ट्राफिक नियमको पालना नगर्ने सवारी साधनहरुलाई कारबाही गरि लकडाउन अबधीभर होल्ड गरिने छ ।

ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा एक सय ५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाईन्ट राखि चेकजाँचको व्यबस्था मिलाएको छ भने अन्य स्थानहरुमा संयुक्त चेकजाँच समेत हुने गरेको छ । चेकजाँचको क्रममा ट्राफिक प्रहरीले पास भए नभएको अलवा पासको प्रयोग, अनुमतिप्राप्त व्यक्ति लगायत थप सोधपुछ समेत गर्नेछ ।

ट्राफिक प्रहरी महाशाखाले तिब्रगतिमा सवारी नचलाउन र ट्राफिक नियमको पुर्ण पालना गर्न सबैमा अनुरोध समेत गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi