neapl investment mega bank

चट्याङ लागेर ३ जनाको मृत्यु

Apr 15th, 2020

काठमाडौं, ३ वैशाख

मकवानपुर, राक्सिराङ गाउँपालिका-७ धिराङस्थित मंगलबार राति चट्याङ पर्दा सोही ठाउँ बस्ने ४१ वर्षीय चैतसिंह प्रजाको घटनास्थलमै मृत्यु भएको छ ।

दार्चुला, शैल्यशिखर नगरपालिका-६ तिखेधारस्थित चट्याङ पर्दा सोही ठाउँ बस्ने बिष्णु खातीको ८ वर्षीया छोरी लक्ष्मी खातीको मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ । साथै चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने ५५ वर्षीय भद्र सिंह खाती समेत अन्य ४ जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

स्याङजा, बिरुवा गाउँपालिका-५ किचनास बस्ने ३५ वर्षीया बिष्णुमाया भुजेलको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएकी उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने अन्य दुई जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi