neapl investment mega bank

मनकारी व्यापारी …

Apr 15th, 2020

मुगु, ३ वैशाख (रासस)

विश्व नै कोरोना भाइरसले आक्रान्त भएका बेला विपत्मा परेका सर्वसाधारण, श्रमिक, मजदुर, गरिब र विपन्नलाई सहयोग पुगोस् भनेर देशका थुप्रै व्यवसायीले सङ्घीय, प्रदेश र स्थानीय सरकारहरुलाई आर्थिक, भौतिक तथा अन्य खालका सहयोग गर्दै आएका छन ।

त्यस्तै मनकारी व्यापारीमध्येका एक हुनुहुन्छ लोकराज दाहाल । उहाँ विकट मुगु जिल्लाको स्थानीय सामान्य व्यापारी हुनुहुन्छ तर उहाँको मन ठूलो छ । उहाँ जिल्लामा हुने विपत्लगायत सामाजिक क्षेत्रमा आफनो व्यापारबाट हुने आम्दानीको केही भाग छुट्ट्याएर सधैँ सहयोग गर्नुहुन्छ ।

आगलागी भए, बाढीपहिरो आए र सडक बिगे्रमा उहाँ आफैँ सहयोग तथा खर्च गर्न तम्सनुहुन्छ । यो विपत्तिको बेलामा पनि उहाँ स्थानीय सरकारमार्फत लकडाउनले गर्दा काम गर्न नपाएर भोकभोकै बस्नु परेका विपन्न, गरिब र बेरोजगार परिवारलाई राहत पुगोस् भनेर खाद्यान्न सहयोग गरिरहनुभएको छ ।

मुगु जिल्लामा रहेका चार स्थानीय सरकारमार्फत विपन्न, गरिब र बेरोजगार परिवारलाई सहयोग गर्न उहाँले सोमबार नेपालीहरुको नयाँ वर्षको अवसर पारेर खत्याड गाँउपालिकाबाट सहयोग शुरु गर्नुभएको छ ।

उहाँले गाउँपालिका अध्यक्ष उवजङ्ग शाहीलाई १४८ बोरा चामल र ३७ कार्टुन ९७४० पाकेट० तेल सहयोग हस्तान्तरण गर्नुभएको हो । गाउँपालिकाले पहिचान गरेका ७३३ विपन्न परिवारलाई राहतस्वरूप रु दुई लाख ६८ हजार २८४ बराबरको खाद्यान्न तथा तेल सहयोग गरेको व्यापारी दाहालले बताउनुभयो । अन्य स्थानीय सरकारलाई पनि पहिचान भएका विपन्न परिवारलाई पालिकामार्फत नै आफनो क्षमतानुसार सहयोग गर्ने उहाँले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi