neapl investment mega bank
  • गृहपृष्ठ
  • कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ

कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ

Apr 14th, 2020

सप्तरी, २ वैशाख

गाईबस्तु चराउने बिषयमा विवाद हुँदा ५ जनालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा नगरपालिका-३ कन्चीरा टोल बस्ने २२ वर्षीय अशोक सदा लगायत २ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

खडक नगरपालिका-४ पन्सरो बस्ने १९ वर्षीय उमेश ठाकुर सहित ५ जनालाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट खरचुहियाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । सबै घाइतेहरुलाई उपचारका लागि न्यूरो अस्पताल बिराटनगरतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi