neapl investment mega bank

आगलागीबाट विभिन्न धनमाल नष्ट

Apr 12th, 2020

काठमाडौं, चैत ३०

अर्घाखाँची सन्धिखर्क नगरपालिका-२ कुर बस्ने किशोर नेपालीको कच्ची गोठमा आइतबार बिहान पानी तताउने क्रममा आगलागी हुँदा नगद २० हजार रुपैयाँ तथा विभिन्न सामानहरु जलेर करिब २ लाख १८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रोल्पा, सुनछहारी गाउँपालिका ७ सारीवाङ्ग बस्ने ७४ वर्षीय मनलाल रोकाको कच्ची घरमा शनिबार राति आगलागी हुँदा मनलाल र उनकी श्रीमती जल रोका जलेर घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पठाइएको छ । आगलागीबाट घरभित्र रहेको लत्ताकपडा र भाँडावर्तन लगायत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सोलुखुम्बु, थुलुङ्ग दुधकोशी गाउँपालिका ९ गोपे लोखिम बस्ने पूर्ण बहादुर तामाङको कच्ची घरमा आइतबार बिहान आगलागी हुँदा घर, खाद्यान्न, भाँडावर्तन र नगद ३५ हजार रुपैयाँ जलेर करिब १० लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi