neapl investment mega bank
  • गृहपृष्ठ
  • बजार मूल्य भन्दा बढी मूल्य लिएर एलपि ग्याँसको कालोबजारी गरेको अभियोगमा पक्राउ

बजार मूल्य भन्दा बढी मूल्य लिएर एलपि ग्याँसको कालोबजारी गरेको अभियोगमा पक्राउ

Apr 10th, 2020

पर्वत, २८ चैत

बजार मूल्य भन्दा बढी मूल्य लिएर एलपि ग्याँसको कालोबजारी गरेको अभियोगमा जलजला गाउँपालिका-३ स्थित दिप्सन मेटल स्टोर्सका संचालक ४० वर्षीय मिन प्रसाद रेग्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण उत्पन्न परिस्थितिमा रेग्मीले बजार मूल्य भन्दा बढी मूल्य लिएर एलपि ग्याँस बेचेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर कालोबजार तथा अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi