neapl investment mega bank
  • गृहपृष्ठ
  • आफ्नै श्रीमतीलाई गोली हानी हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीलाई गोली हानी हत्या गरेको अभियोगमा पक्राउ

Apr 10th, 2020

बाजुरा, २८ चैत

आफ्नै ३३ वर्षीया श्रीमती सेतु रोकायालाई गोली हानी हत्या गरेको अभियोगमा बाजुरा गौमल गाउँपालिका-५ बिज्या ढुङगा बस्ने ४० वर्षीय गोरख रोकायालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गोरखले आफ्नै घरदेखि करिब ३ सय मिटर टाढा गोठमा बुधबार साँझ भरुवा बन्दुकले टाउकोमा गोली हानी उनकै श्रीमती सेतुको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुरा र ईलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरीले उनलाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi