neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना पीडितको लागि आर्थिक सहयोग व्यक्तिगत खातामा जम्मा नगरौं, एनआरएनए

कोरोना पीडितको लागि आर्थिक सहयोग व्यक्तिगत खातामा जम्मा नगरौं, एनआरएनए

Apr 10th, 2020

काठमाडौ, चैत २८

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस (कोभिड–१९) को महामारीको लागि संकलित रकमलाई व्यवस्थित गर्न राहत कोषसम्वन्धी कार्य्विधि पारित गरेको छ । संघ महासचिव डा. हेमराज शर्माका अनुसार बिहीवार बसेको बैठकले १७ बुँदे कार्य्विधि पारित गरेको हो । कार्य्विधिले संघको नाममा व्यक्तिगत रुपमा आर्थिक संकलन गर्न रोक लगाएको छ ।

नयाँ कार्य्विधिअनुसार गैरआवासीय नेपाली संघका सदस्यले संघको केन्द्रीय अनलाई प्रणालीमार्फत् वा संघका राष्ट्रिय समितिको खातामा अनिवार्य आर्थिक सहयोग गर्नुपर्ने प्रावधान रहेको शर्माले बताए । आर्थिक पारदर्शिताको लागि राष्ट्रिय समिति र आइसीसी गरी दुई तहमा मात्र आर्थिक संकलन गर्न पाउने व्यवस्था गरिएको कोषाध्यक्ष तथा राहत कोष संकलन समितिका संयोजक महेशकुमार श्रेष्ठले बताए ।

संकलित रकम कहाँ कसरी खर्च गर्ने विषयमा समेत कार्य्विधिमा उल्लेख गरिएको छ । कार्य्विधिले संक्रमणबाट बच्ने सुरक्षाका सामग्री, दैनिक जीविकोपार्जन गर्न लाग्ने खर्च, मृत्युवरण भएकोमा अन्त्यष्टि, विदेशमा अलपत्र परेकाहरुलाई नेपाल फर्काउन आदि शीर्षकमा सहयोग गर्न सकिनेसमेत प्रष्ट पारेको छ ।

संकलित रकम गैरआवासीय नेपाली संघको मानव तथा समाज कल्याण विभागको मताहातमा रहने व्यवस्था कार्य्विधिमा छ । संघका राष्ट्रिय समितिले कोरोना भाइरस संक्रमितको लागि उठाएको हरहिसाव अनिवार्य रुपमा संघको सचिवालयमा जानकारी दिनुपर्ने कार्य्विधिमा उल्लेख छ । आर्थिक संकलनको लागि क्षेत्रीयस्तरमा समिति गठन गर्न सकिने प्रावधान सो कार्य्विधिमा राखिएको छ । तर त्यस्ता समितिले सिधै संघको अनलाइन प्रणालीमार्फत् आर्थिक संकलन गर्न पाउने व्यवस्था छ । दाताहरुले निम्न दुई किमिसले यस राहतकोषमा रकम सहयोग गर्न सक्ने छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi