neapl investment mega bank
  • गृहपृष्ठ
  • टुकोन तथा विद्यार्थी संगठनद्धारा विद्यार्थी तथा श्रमिकमा राहत विरतण

टुकोन तथा विद्यार्थी संगठनद्धारा विद्यार्थी तथा श्रमिकमा राहत विरतण

Apr 9th, 2020

काठमाडौँ, २७ चैत (रासस)

राप्रपा संवद्ध राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन र ट्रेड यूनियन महासंघ नेपाल (टुकोन) को आयोजनामा तथा राष्ट्रिय एनजीओ महासंघको सहयोगमा विभिन्न जिल्ला बाट काठमाडौं अध्ययनरत विजयश्वरी होस्टेल, किर्तिपुर, पांगा दोबाटो, पांगा बसपार्क, नयाँबजार तथा बल्खु लगाएत स्थानमा बस्ने विद्यार्थीहरुलाई र ट्रेड युनियन महासंघ नेपाल टुकोन आबद्द नेपाल गलैचा श्रमिक संघका जोरपाटी, नारायणटारमा बिपन्न मजदुरहरूलाई गैरसरकारी संस्था महासंघद्वारा उपलब्ध राहत सामग्री वितरण गर्ने कार्य सम्पन्न भएको छ । यस राहत वितरणले थोरै भएपनि विद्यार्थी तथा विपन्न श्रमिक वर्गको गुजारामा मद्दत पुग्ने विश्वास लिएको छ ।

उक्त स्थानहरूमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष महेश बहादुर सिंह, ट्रेड यूनियन महासंघ नेपाल ९टुकोन०का अध्यक्ष हिक्मतजंग भण्डारी, राप्रपा नेत्री एवं एनजिओ बिभाग प्रमुख कुन्तिदेवी पोख्रेल, विद्यार्थी संगठनका महासचिव जनक फडेरा लगाएत अन्य विद्यार्थी नेताहरुको उपस्थितिमा चामल, दाल, लगायतका अति आवश्यक खाद्यान्नहरु बितरण गरिएको हो ।
अहिले विश्वभरिनै कोरोना भाइरसका कारण लकडाउन लगाएत समस्याले खाद्यान्नको अभाब झेलिरहेका अवस्थामा सर्वसाधारण, तथा डेरा गरि बस्ने विद्यार्थी तथा श्रमिकहरुलाइ खाद्यान्न सामाग्री बितरण गरिएको बताएका छन ।

यस अघि पनि राप्रपाले राष्ट्रिय कोरोना विषेश कोषलाइ पाँचलाख दिने घोषणा गरिएको छ भने बिभिन्न तहका नेता कार्यकर्ताहरुले आआफ्नो क्षेत्रमा राहत बितरण गरिरहेका छन ।

aadharbhumi
aadharbhumi
aadharbhumi