neapl investment mega bank

करेन्ट लागेर मृत्यु

Apr 9th, 2020

पर्सा, २७ चैत

वीरगंज महानगरपालिका-२४ बहुअरी टोलमा भिनेट कम्पनीको नेट जडान गर्ने क्रममा करेन्ट लागेर सर्लाही बहुअर्वा गाउँपालिका-१ महादेव टोल बस्ने २८ वर्षीय दिपेश कुमार ठाकुरको मंगलबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगंज हेल्थ केयरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi