neapl investment mega bank

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Apr 9th, 2020

काठमाडौं, २७ चैत

सप्तरी, सुरुङगा नगरपालिका-३ करबा बस्ने ३१ वर्षीय दुनिलाल रामले मादक पदार्थ सेवन गरी आफ्नै कुखुराको खोरमा मंगलबार राति आगजनी गर्दा कुखुराको खोर पूर्णरुपमा जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगजनी गर्ने दुनिलाल रामलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तेह्रथुम, आठराई गाउँपालिका-७ थोक्लुङ बस्ने नरपति चौलागाईको घरमा आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सोही ठाउँस्थित लोकतान्त्रिक सामुदायिक वनमा मंगलबार दिउँसो आगलागी हुँदा उनको घर समेत आगोले जलेको थियो ।

बाँके, कोहलपुर नगरपालिका-१३ खर्कवार बस्ने गर्ज बहादुर बुढामगरको गोठमा मंगलबार दिउँसो आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

संखुवासभा, चैनपुर नगरपालिका-८ जोगे बस्ने कर्ण बाहादुर मगरको घरमा मंगलबार दिउँसो आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi