neapl investment mega bank

विभिन्न हातहतियार बरामद

Apr 9th, 2020

काठमाडौं, २७ चैत

कपिलवस्तु, बुद्धभूमि नगरपालिका-३ टाकु बक्टापुरस्थित कपिलबस्तु र अर्घाखाँचीको सिमानामा पर्ने जनजागृति सामुदायिक बनबाट भरुवा बन्दुक ४ थान र जनावरलाई पासो थाप्ने नाईलनको जाली ७ थान मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा बन्दुक पड्केको आवाज आएपछि ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त बन्दुक तथा जाली फेला पारी बरामद गरेको हो । शिकार गर्न आएका ब्यक्तिहरुले उक्त हतियार छोडी भागेको आशंकामा उनीहरुको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-४ र ५ को सिमानास्थित सडकमा रोकी राखेको भारतीय डिएल ३ सिसिआर ३९९७ नम्बरको टोयटा गाडीबाट कालो रङको एयरगन १ थान, सोही एयरगनमा लाग्ने छर्रा १ सय ९६ थान, खैरो रङको एलआर हर्नेट १ नाल, गोली १४ राउण्ड, बिभिन्न बैंकका एटिएम ६ थान र नगद ७६ हजार ८ सय ७२ रुपैयाँ फेला पारी मंलगबार साँझ प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय गुलरिया र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उक्त हातहतियार फेला पारी बरामद गरेको हो । उक्त गाडी धनी र चालकको खोजी कार्य भइरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi