neapl investment mega bank
  • गृहपृष्ठ
  • विदेशमा रहेका विद्यार्थीलाई तत्काल राहतको व्यवस्था गर्न माग

विदेशमा रहेका विद्यार्थीलाई तत्काल राहतको व्यवस्था गर्न माग

Apr 8th, 2020

काठमाडौँ, २६ चैत (रासस)

नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले देश तथा विदेशमा रहेका नेपालीलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी स्वदेश तथा विदेशमा लकडाउनका कारण खान नपाएर अलपत्र परेका नेपाली विद्यार्थीलाई तत्काल राहतको व्यवस्था गर्न सरकार र दूतावासलाई आग्रह गर्नुभएको हो ।

“पढाईका सिलसिलामा देश तथा विदेशका विभिन्न भागमा बसेका विद्यार्थीलाई राहत वितरणमा प्राथमिकता दिन आग्रह गर्दछौँ”, विज्ञीप्तमा भनिएको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले राहत वितरणमा सरकारले विद्यार्थी र मजदूरलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

“विद्यार्थीसँग खर्चको अभाव हुने भएकाले विद्यार्थीलाई सरकारले विशेष प्राथमिकतामा राख्नुपर्छ”, उहाँले भन्नुभयो । विश्वमा फैलिँदै गएको नोबेल कोभिड–१९ लाई ध्यानमा राखेर नेपाल सरकारले यही चैत ११ गतेदेखि आगामी वैशाख ३ गतेसम्म देशभर लकडाउन गरेको छ ।