neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोनाका कारण फेवा नववर्ष महोत्सव स्थगित

कोरोनाका कारण फेवा नववर्ष महोत्सव स्थगित

Apr 8th, 2020

चिप्लेढुङ्गा, २६ चैत (रासस)

हरेक वर्ष पोखरा लेक साइडमा हुँदै आएको फेवा नव वर्ष यसपालि नहुने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण गरिएको लकडाउनले फेवा महोत्सव स्थगन गरिएको आयोजक संस्था पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष विकल तुलाचनले कोरोना सङ्क्रमणको वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै नेपाली नयाँ वर्षमा आयोजना हुँदै आएको फेवा नव वर्ष महोत्सव यसपटक स्थगन गरिएको जानकारी दिनुभयो । उहाँले कोरोना भाइरसले उत्पन्न विषम परिस्थितिमा उक्त सङ्क्रमणलाई न्यूनीकरण गर्न घोषित लकडाउनका कारण १७औँ फेवा नववर्ष महोत्सव सम्पन्न गर्न असमर्थ भएको बताउनुभयो । सङ्घले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत नेपाली नयाँ वर्षलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ हरेक नेपाली नयाँ वर्षमा फेवा नयाँ वर्ष महोत्सव सञ्चालन गर्दै आइरहेको थियो ।

महोत्सवले गण्डकी प्रदेश तथा नेपालको जातीय वेशभूषा, रहनसहन, खानपान, सांस्कृतिक पक्षको उजागरका साथै प्राकृतिक सम्पदाको प्रवद्र्धनमा जोड दिँदै आएको थियो । सङ्घले नयाँ वर्षको शुभकामना दिँदै लकडाउनलाई पूर्ण पालना गरेर सुरक्षित रहन पनि आग्रह गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi