neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानसेनापति थापाद्वारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

प्रधानसेनापति थापाद्वारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

Apr 8th, 2020

काठमाडौँ, २६ चैत

प्रधानसेनापति पूर्णचन्द्र थापाले भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५८औँ समूहको अधिकृत क्याडेट तालीम पूरा गर्ने प्रशिक्षार्थीलाई सहायक सेनानी पदको दज्र्यानी चिह्न (आयुक्त पद) प्रदान गर्नुभएको छ ।

उक्त समूहमा चार विदेशी, १४ महिला र ११४ पुरुष प्रशिक्षार्थी सहभागी हुनुहुन्थ्यो । सोही प्रतिष्ठानमा सञ्चालित ४८आँै समूहको पदिक र हुद्दा अधिकृत क्याडेट तालीमका १८ प्रशिक्षार्थीलाई पनि त्यस अवसरमा सहायक सेनानी पदको दज्र्यानी प्रदान गरियो । मित्रराष्ट्र श्रीलङ्कामा सञ्चालित सोही स्तरको तालीम पूरा गर्ने दुईजना प्रशिक्षार्थी पनि अधिकृत हुनुभएको छ ।

सो अवसरमा प्रधान सेनापति थापाले ५८औँ समूहको अधिकृत क्याडेट तालीममा प्रथम हुने सुरेन्द्रबहादुर बोहरा तथा सि.सं.४८ पदिक र हुद्दा अधिकृत क्याडेट तालीमका सर्वाेउत्कृष्ट प्रशिक्षार्थी सन्तमान श्रेष्ठलाई सम्मानस्वरुप खड्ग प्रदान गरियो ।

महिलातर्फ कृपा अधिकारी र अन्तर्राष्ट्रिय प्रशिक्षार्थीतर्फ केन्याका किप्किरुई राट्टो बेनार्डलाइ उत्कृष्ट अधिकृत क्याडेट सम्मान प्रदान गरियो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवआयुक्त अधिकृतलाई पठाउनुभएको सन्देश प्रधानसेनापति थापाले पढेर सुनाउनुभएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi