neapl investment mega bank
  • गृहपृष्ठ
  • चौधरी ग्रुपको चौधरी फाउण्डेसनबाट ‘पिसीआर रिएजेन्ट’ हस्तान्तरण

चौधरी ग्रुपको चौधरी फाउण्डेसनबाट ‘पिसीआर रिएजेन्ट’ हस्तान्तरण

Apr 8th, 2020

काठमाडौँ, २६ चैत (रासस)

चौधरी ग्रुपको चौधरी फाउण्डेसनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आज कोरोना भाइरसको परीक्षणमा उपयोग हुने एक हजार थान ‘पिसीआर रिएजेन्ट’ हस्तान्तरण गरेको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई फाउण्डेसनका महाप्रबन्धक मधूसुदन पौडेलले मन्त्रालयमा सो हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा मन्त्री ढकालले विषम परिस्थितिमा सरकारलाई सहयोग गरेकामा फाउण्डेसनलाई धन्यवाद दिँदै यसले चिकित्साकर्मीको मनोबल उच्च बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभएको थियो ।

फाउन्डेसनका महाप्रबन्धक पौडेलले सामाजिक हितका निम्ति जहिल्यै सरकारसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो । फाउण्डेसनले ‘पीसीआर रिएजेन्ट’ चीनबाट आयात गरेको जनाएको छ । यसअघि पनि फाउण्डेसनले सातै प्रदेशका गरी ४८ स्वास्थ्य संस्थामा पिपिई र अन्य स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।