काठमाडौ, चैत २६
नेपालका लागि होण्डा मोटरसाइकल, कार तथा पावर प्रोडक्टको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा लि.ले कोरोना महामारी विरुद्धको यस महायुद्ध जित्नको निमित्त सहयोगको अर्को कदम अघि बढाएको छ ।
अहिलेको यस विषम परिस्थितीमा कोरोना भाईरसलाई केहि हदसम्म नियन्त्रण गर्नको लागि ज्योति समुह अन्र्तगतको स्याकार टे«डिङ्ग कम्पनी प्रा.लि. का अध्यक्षसौरभ ज्योतिले हिजो एक कार्यक्रम माझ नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई सार्वजनिक स्थानहरुमा किटनासक औषधि छर्नको निमित्त सात लाख बराबरको १० थान होण्डा अटोमेटिक ब्याक प्याक स्पे्रयर सहयोगस्वरुप प्रदान गरेका हुुन । यसका साथै उनले भविष्यमा समेत नेपाल सरकारसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरेकाछन ।