वीरगन्ज ,चैत २६
पुरैबिश्वमा माहामारीको रुप लिएको कारोना रोगबाट उत्पन्न सबै समस्याहरुको वीरगन्ज महानगरपालिकाले डटेर समाधान गरिरहेको छ । कारोना रोगका कारण लगाइएको लकडाउनले गर्दा दैनिक जिवन व्यक्ति गर्न कठिन भएका बिपन्न परिवारलाई अर्थिक तथा उपभोगय सहायता एवम निशुल्क खाना खुवाउने कार्यक्रमलाई महानगरपालिका जोडतोडका साथ निरन्तर्ता दिएको छ । रोगलाई नियन्त्रण गर्न महानगरपालिकाले सरसफाई,लामखुटे मार्ने औषधि छर्ने कार्यक्रम र केमिकल युक्त पानिद्धारा सेनेटाइजको कार्यलाई पनि तिब्रता दिएको छ । लामखुटे मार्ने औषधि छर्ने कार्य वडाहरुसगं समन्वय गरि भइरहेको छ भने बारुणयन्त्र शाखाको विशेष सक्रियतामा सेनेटाइजको कार्यलाई तिब्रता दिइएको छ ।
यसैगरी महानगरपालिकाको वडा नम्बर १९ र २४ को ग्रामिण टोलहरुमा पनिा वडा कार्यलयसंग समन्वय गरी बारुणयन्त्रद्धारा सेनेटाइज गरिएको छ । वार्ड न १९ मा रहेको बिन्दवासिनी र वार्ड न २४मा रहको रामगढवा र बहुअरीमा केमिकल पाउडर युक्त पानिद्धारा सेनिटाईज गरिएको छ । कोरोना रोग नियन्त्रणको लागि उपयुक्त रहेको स्टेवल ब्लिचिगं पाउडर पानिमा मिसाएर बारुणयन्त्रद्धारा सेनेटाइज भइरहको छ । महानगरपालिककाले विभिन्न वडाहरुमा चलाएको सेनेटाइज कार्यक्रम अन्तर्गत सोमबार साझसम्म १२ लाख ५० हजार लिटर पानिमा ३ हजार किलो स्टेवल ब्लिचिगं पाउडर मिसाएर सेनेटाइज भइसकेको महानगरपालिकाको सरसफाइ महाशाखाले जनाएको छ । वीरगन्ज महानगरपािलकाका मेयर बिजय कुमार सरावगीले कारोना रोग नियन्त्रण तथा यसको कारण लगाइएको लकडाउनबाट उत्पन्न सबै समाजिक एवम अर्थिक समास्याहरुको समाधानका लागी महानगरपालिका आफ्नो भूमिका सक्रिय रुपमा निर्वाह गरिहेको बताए ।
उनले महानगरपालिका सधै जनताको साथमा रहेको बताउदै लकडाउन लागु भएकै दिन देखि त्यसबाट सिर्जित सबै समास्याहरुको समाधान क्रमिक रुपमा आरिदै आएको बताउनु भयो ।