neapl investment mega bank
  • गृहपृष्ठ
  • नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ

नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ

Apr 8th, 2020

भक्तपुर, २६ चैत

भक्तपुर नगरपालिका-१० कमलबिनायकस्थित कार्यकल्प आर्युबेद फर्माबाट गुणस्तरहिन Instant Hand Sanitizer लेखिएको १ सय एमएलको १ सय २६ थान र ६० एमएलको २३ थान ह्यान्ड स्यानिटाइजर मंगलबार प्रहरीले बरामद गरेको छ ।

उक्त फर्मामा औषधी ब्यवस्था बिभागले निर्धारण गरेको गुणस्तर मापदण्ड पुरा नगरेको ह्यान्ड स्यानिटाइजरहरु गुणस्तर युक्त छ भनी ग्राहकहरुलाई झुक्याई अहिलेको संबेदनशील अवस्थामा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुर र औषधी व्यवस्था बिभाग बबरमहल काठमाडौंबाट खटिएका बरिष्‍ठ औषधी अधिकृत सहितको टोलीले उक्त परिमाणको ह्यान्ड स्यानिटाइजर बरामद गरेको हो ।

साथै उक्त फर्माकी संचालिका भक्तपुर चाँगुनारायण नगरपालिका-३ छालिङ बस्ने २८ वर्षीया रीना ओझासँग आवश्यक सोधपुछ तथा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi