neapl investment mega bank
  • गृहपृष्ठ
  • दूध बोक्ने गाडीमा १ सय ४० लिटर मदिरा फेला

दूध बोक्ने गाडीमा १ सय ४० लिटर मदिरा फेला

Apr 7th, 2020

मकवानपुर, २५ चैत

हेटौंडा उपमहानगरपालिका-२ चौकीटोलस्थित सडकबाट अवैध घरेलु मदिरा १ सय ४० लिटर सहित सोही ठाउँ बस्ने ३३ वर्षीय फेन्जु लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा सोही ठाउँस्थित सडकमा ना.१ ह ५३८९ नम्बरको अटोमा दुध ढुवानी सेवा भनी टाँस गरी सामरीबाट हेटौंडातर्फ आउँदै गरेको अवस्थमा प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा ५ वटा जर्कीनमा उक्त मदिरा फेला पारी अटो सहित चालक फेन्जुलाई पक्राउ हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi