neapl investment mega bank
  • गृहपृष्ठ
  • कालोबजारी गरेको अभियोगमा शङ्कर ग्रुपका अग्रवाल पक्राउ

कालोबजारी गरेको अभियोगमा शङ्कर ग्रुपका अग्रवाल पक्राउ

Apr 7th, 2020

काठमाडौं, २५ चैत

कालोबजारी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बालुवाटार बस्ने ४३ वर्षीय सुलभ अग्रवाललाई काठमाडौं महानगरपालिका-१ नक्साल बालमन्दिरबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कोभिड-१९ विश्वव्यापी महामारी संकटको अवस्थामा बजार मूल्य अन्दाजी ३ हजार ५ सय रुपैयाँ प्रति गोटा पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँ प्रति गोटामा बेच्ने शंकर ग्रुपका संचालक एवम् किर्गिस्तानको लागि अनररी कन्सुलर समेत रहेका अग्रवाललाई निजले प्रयोग गर्ने २०९(एच.सि.सि-१ नम्बर भएको कुटनीतिक नियोगको नम्बर प्लेट राखिएको मित्सुबिसी पजेरो गाडी र उक्त गाडीको डिकीमा राखिएको थर्मल गन ६७ थान सहित महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi